काठमाडौँ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा नेपालले थाइल्यान्ड सामु १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन जोड्न सक्यो।
नेपालको ब्याटिङमा बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउँदै इनिङ्स सम्हालिन्। सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १७ रन बनाइन्।
थाइल्यान्डका बलरहरू प्रभावशाली देखिए। थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट हात पारिन्। ओनिचा काम्चोम्फुले २ विकेट लिइन् भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट लिए।
अब थाइल्यान्डले जितका लागि १२३ रन बनाउनुपर्नेछ।