बालेनले झापा–५ बाट रास्वपाको टिकट लिए
बालेनले झापा–५ बाट रास्वपाको टिकट लिए
    • बेल संचार

    • ५ माघ २०८२, सोमबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको उम्मेदवारी टिकट प्राप्त गरेका छन्।

पार्टी सभापति रवि लामिछानेमार्फत उनले जनकपुरमै औपचारिक रूपमा टिकट लिएका हुन्। लामिछाने र बालेन दुवै पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए।

रास्वपाले झापा–५ लाई प्रमुख प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरेको छ भने बालेनको उम्मेदवारीसँगै त्यहाँको चुनावी माहोल थप तातिएको देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित