एमाले निकट युवा नेता छवि खतिवडाले पार्टी छोड्दै बालेन शाहको समर्थन गरे
एमाले निकट युवा नेता छवि खतिवडाले पार्टी छोड्दै बालेन शाहको समर्थन गरे
    • बेल संचार

    • ७ माघ २०८२, बुधबार

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमकमा पार्टीका लागि ठूलो धक्का पुगेको छ। एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र आफ्नो पदबाट राजीनामा दिंदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्।

खतिवडाले आफ्नो राजीनामा पत्रमा समयको पदचाप र राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै आफू अब बालेन शाहको चुनावी अभियानमा सक्रिय रहने उल्लेख गरेका छन्।

उनले भनेका छन्, परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।”

यो घटनाले एमालेको ‘लालकिल्ला’ मानिने दमकमा अध्यक्ष ओलीको आफ्नो क्षेत्रीय प्रभावमा चुनौती उत्पन्न गरेको विश्लेषकहरू बताउँछन्।

साताकाे चर्चित
सम्बन्धित