काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यमा आज अचानक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २,९५,१०० रुपैयाँ कायम भएको छ, जुन मङ्गलबारको तुलनामा १०,४०० रुपैयाँले बढी हो।
त्यति नै परिमाणको चाँदीको मूल्य ५,९२० रुपैयाँ कायम छ।
गत हप्ताको मूल्य तुलना गर्दा आइतबार सुनको मूल्य २,७८,८०० र चाँदी ५,६२५ रहेको थियो भने सोमबार सुन २,८२,००० र चाँदी ५,८१० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ४,७४० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलर कायम भएको छ।
आर्थिक विश्लेषकहरूले भनेका छन् कि विश्वव्यापी अनिश्चितता, मुद्रास्फीति, र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग बढ्दा मूल्यमा तीव्र उछाल आएको हो।