महिला टी–२० विश्वकप छनोट : नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको लक्ष्य प्रस्तुत
महिला टी–२० विश्वकप छनोट : नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको लक्ष्य प्रस्तुत
    • बेल संचार

    • ८ माघ २०८२, बिहीबार

काठमाडौँ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो । त्यससँगै नेपालले खेल जित्न १४१ रन बनाउनुपर्ने भएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडे सर्वाधिक ४९ रन बनाउँदै टप स्कोरर रहिन् । उनलाई स्टेर कालिसले ३० रन बनाएर राम्रो साथ दिइन् । यस्तै, रोबिन रिकेले १९ रन बनाउँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् ।

सुरुआतमै १५ रनको स्कोरमा दुई विकेट गुमाएको नेदरल्यान्ड्सलाई बाबेट र कालिसको ७९ रनको महत्वपूर्ण साझेदारीले प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याएको हो ।

बलिङतर्फ नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरिन् । यस्तै, रिया शर्मा, सुमन विष्टपूजा महतोले १–१ विकेट हात पारे ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । दोस्रो खेलमा लक्ष्य पछ्याउँदै जित निकाल्ने प्रयासमा नेपाल मैदानमा उत्रिनेछ ।

साताकाे चर्चित
सम्बन्धित