काठमाडौँ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा र हिमपात हुन सक्छ।
लुम्बिनी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मधेश प्रदेशमा आज वर्षाको सम्भावना छैन।