जुम्ला ।
कनकासुन्दरी गाउँपालिका–४ स्थित हाटसिँजा गडडाँडाको भिरबाट लडेर एक युवाको बिहीबार मृत्यु भएको छ ।
गाउँपालिका–६ का वडा अध्यक्ष प्रेम पछाईका अनुसार वडा नं–६ को लाहर्ज स्थायी घर भएका ३२ वर्षीय चन्द्रसिंह सुनारको मृत्यु भएको हो । उनी वडा नं–१ बाट सिमीको भारी बोकेर घर फर्किने क्रममा भिरबाट लडेका थिए ।
गडडाँडाको भिरबाट करिब ७० मिटर तल खस्दा सुनारको घटनास्थलमै मृत्यु भएको अध्यक्ष पछाईले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि बिहीबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ ।