हिमा गाउँपालिका शिक्षा क्षेत्रको सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएको उदाहरण पुनः प्रस्तुत गरेको छ। “विद्यालय जीवनको फलामे ढोका” का रूपमा चित्रित माध्यमिक शिक्षा परीक्षा (SEE) को तयारीमा संलग्न विद्यार्थीहरूलाई लक्षित गर्दै हिमा गाउँपालिकाले स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
हिमा गाउँपालिका–स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालय, धाचुगाउँमा SEE तयारी कक्षा तथा अन्य कोचिङ कक्षामा अध्ययनरत जम्मा १६२ जना विद्यार्थीहरूलाई कपी तथा डटपेन सामूहिक रूपमा वितरण गरिएको छ ।
कार्यक्रम मा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाही, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै अध्यक्ष शाहीको नेतृत्वमा हिमा गाउँपालिकाले यसअघिदेखि नै शैक्षिक पूर्वाधार, विद्यार्थी प्रोत्साहन र गुणस्तरीय शिक्षाका लागि विभिन्न सकारात्मक पहलहरू गर्दै आएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले शिक्षा नै समृद्धिको आधार भएको उल्लेख गर्दै SEE तयारीमा जुटिरहेका विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले पालिका सधैं विद्यार्थीहरूको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयको छ ।