गगनकुमार थापाले नेपाली कांग्रेसको सभापतिमा पदभार ग्रहण गर्दै
गगनकुमार थापाले नेपाली कांग्रेसको सभापतिमा पदभार ग्रहण गर्दै
    • बेल संचार

    • ९ माघ २०८२, शुक्रबार

काठमाडौँ

पाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा आज औपचारिक रूपमा पदभार ग्रहण गर्दै छन्।

गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी सचिवालयले जानकारी दिएको छ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूको उपस्थितिलाई अनिवार्य गरिएको छ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले आजैबाट औपचारिक रूपमा पार्टीको कमाण्ड सम्हाल्ने तयारी पूरा गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित