आशिका तामाङको स्पष्टिकरण: ‘उम्मेदवारी फिर्ता लिएकी छैनँ’
आशिका तामाङको स्पष्टिकरण: ‘उम्मेदवारी फिर्ता लिएकी छैनँ’
    • बेल संचार

    • ९ माघ २०८२, शुक्रबार

काठमाडौँ ।

धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले हल्लाको पछि नलाग्न आग्रह गरेकी हुन्।

तामाङले लेखेकी छन्, “हल्ला को पछि नलागौं। चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन, जनताको प्रतिनिधि बनेर आउँछु।”

उनको यो भनाइ उम्मेदवारी फिर्ता लिएको भन्ने चर्चाका बीच आएको हो। तामाङको स्पष्टिकरणसँगै उनी निर्वाचन प्रतिस्पर्धामा यथावत् रहेको प्रस्ट भएको छ।

https://www.facebook.com/share/p/1JWpFpbPsn/

साताकाे चर्चित
सम्बन्धित