उम्मेदवारी खारेजीविरुद्ध अध्यक्ष रमेश चौधरी सर्वोच्च पुगे
उम्मेदवारी खारेजीविरुद्ध अध्यक्ष रमेश चौधरी सर्वोच्च पुगे
    • बेल संचार

    • ९ माघ २०८२, शुक्रबार

काठमाडौँ !

आफ्नो उम्मेदवारी दर्ता रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन्।

निर्वाचन अधिकृतले गैरकानुनी रूपमा उम्मेदवारी खारेज गरेको दाबी गर्दै चौधरीले कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दायर गरेका हुन्। उनले आफ्नो उम्मेदवारी यथावत् राखी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन्।

सर्वोच्च अदालतले चौधरीको निवेदनमाथि आगामी आइतबार प्रारम्भिक सुनुवाइ गर्ने जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयले जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख कायम रहने उल्लेख गर्दै चौधरीको उम्मेदवारी रद्द गरेको थियो। चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित