अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा र सांगीतिक कार्यक्रम सम्पन्न
अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा र सांगीतिक कार्यक्रम सम्पन्न
    • बेल संचार

    • ११ माघ २०८२, आईतवार

काठमाडौं।

नेपाली संगीतकी अमर गायिका तारा देवीको सम्झनामा तारा देवी स्मृति फाउन्डेसन र काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा विशेष कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको सुरुआत तारा देवीको तस्वीरमा माल्यार्पण गरेर गरिएको थियो। सदाबहार गीतहरूको प्रत्यक्ष प्रस्तुति र सांगीतिक कार्यक्रमले सहभागीहरूलाई भावुक बनायो। वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम र पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथि थिए।

समारोहमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर र गायिका संगीता राना प्रधान लगायत स्रष्टाहरूलाई सम्मान गरियो। आयोजक दिपक केसीले तारा देवीको योगदान सदैव स्मरणीय रहने बताए र नयाँ पुस्तालाई नेपाली संगीतप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित