काठमाडौँ ।
स्थानीय बजारमा सुन र चाँदीको मूल्यले आज पनि नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य सात हजार ३०० रुपैयाँ थियो। त्यस्तै, मंगलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर स्थानीय बजारमा समेत परेको देखिन्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस पाँच हजार ५६० अमेरिकी डलर र चाँदी प्रतिऔँस १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय मूल्यको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदी अझै महँगिँदै जाने संकेत देखिएको व्यवसायीहरू बताउँछन्।