निर्वाचन तयारीका लागि अर्थ मन्त्रालयले १९ अर्ब १५ करोड स्रोत सहमति प्रदान
निर्वाचन तयारीका लागि अर्थ मन्त्रालयले १९ अर्ब १५ करोड स्रोत सहमति प्रदान
    • बेल संचार

    • १६ माघ २०८२, शुक्रबार

काठमाडौँ।

आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन तयारीका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोड, र २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबर स्रोत सहमति दिइएको थियो। यस अनुसार आयोगले कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति पाएको छ। निकासा तथ्यांक अनुसार अहिलेसम्म आयोगलाई ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।

निर्वाचन तयारीका लागि सुरक्षा निकायलाई पनि ठूलो बजेट प्रदान गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार, र २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ।

गृह मन्त्रालय र मातहतका निकायलाई कुल १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित