बालेन शाह भूपदेवको समर्थनमा अछाम मंगलसेनमा सक्रिय, रास्वपा प्रचारलाई गति
बालेन शाह भूपदेवको समर्थनमा अछाम मंगलसेनमा सक्रिय, रास्वपा प्रचारलाई गति
    • बेल संचार

    • १६ माघ २०८२, शुक्रबार

अछाम।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। उनी आगामी निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा मंगलसेन पुगेका हुन्।

मंगलसेनमा आयोजित कार्यक्रममा बालेन शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदातासँग भेटघाट गरेका छन्।

रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको दौडधुपले कार्यकर्तामा उत्साह थपेको छ।

साताकाे चर्चित
सम्बन्धित