काठमाडौं !
ग्रीन सिटी हस्पिटलले आफ्नो १३औँ वार्षिकोत्सव माघ १६ गते शहीद दिवसको दिन भव्य कार्यक्रमका साथ काठमाडौंमा सम्पन्न गरेको छ । स्थापना कालदेखि नै गुणस्तरीय, सर्वसुलभ तथा सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य, सञ्चार, सामाजिक तथा कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।
सम्मानित हुनेहरूमा डा. माया भट्टचन, डा. अनिल भट्टराई, डा. सन्त कुमार कुमार दास, डा. बिनोद शेरचन, डा. बिपिन कुमार श्रेष्ठ र डा. लखनलाल शाह रहेका छन् । त्यसैगरी सामाजिक अभियन्ता पत्रकार डिबि पराजुली , कमल जी.सी., सामाजिक व्यक्तिव सञ्चारकर्मी अर्जुन भुसाल, भोजराज थापा, मोहन बस्नेत, भुवन भुसाल तथा कलाकारहरु तिलक बस्नेत र रमेश दुलाल (कागे) लाई पनि सम्मान गरिएको थियो ।
विशेष रूपमा अपाङ्गता भएका दुई जना व्यक्ति नीलमणि भण्डारी र बालिका सुशान्ति भट्टालाई हौसला र प्रेरणाका लागि सम्मान सहित उहाहरुलाई जीवनभर निसुल्क सेवा प्रदान प्रतिबद्दता गरिएको थियो । साथै, हस्पिटलका सम्पूर्ण कर्मचारीहरूलाई उपहार प्रदान गरी उनीहरूको समर्पण र सेवाको कदर गरिएको थियो।
कार्यक्रममा हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले यस वर्ष २०० भन्दा बढी मुटु सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै, हस्पिटलको स्वास्थ्य सेवा क्षमताको उच्च मूल्यांकन गरेको बताए । जेंजी आन्दोलनमा आफु पनि घटनामा परि नया जीवन पाएको र त्यो घटनाले थप सामाजिक सेवामा तल्लिन भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ उपस्थित थिए । वार्ड प्रेसिडेन्ट लगायत अन्य व्यक्तिको उपस्थित पनि थियो भने विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुति राखिँदै, सम्मान तथा पुरस्कार वितरण गरी समारोह उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको थियो ।
ग्रीन सिटी हस्पिटलले आगामी दिनमा अझ आधुनिक प्रविधि र प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।