गगन थापा भन्छन्: कांग्रेस देउवासँग मिलेर एकताबद्ध रूपमा चुनावमा
गगन थापा भन्छन्: कांग्रेस देउवासँग मिलेर एकताबद्ध रूपमा चुनावमा
    • बेल संचार

    • १६ माघ २०८२, शुक्रबार

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद भइरहेको स्पष्ट गर्दै कांग्रेसभित्र अहिले कुनै गम्भीर मतभेद नरहेको बताएका छन्।

धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले हाल पार्टी एकताबद्ध भएर निर्वाचनमा जुटेको उल्लेख गरे। “अधिवेशनपछि नयाँ नेतृत्व आएको छ। पार्टीभित्र कसैमाथि दोषारोपण वा रिसराग छैन,” उनले भने, “शेरबहादुर देउवासँग मात्र होइन, अन्य नेताहरूसँग पनि निरन्तर संवादमा छु। केही विषयमा मतभेद भए पनि अन्ततः हामी एक ढिक्का हुन्छौँ, अहिले पनि त्यही अवस्था छ।”

थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई देश सञ्चालनको शैलीविरुद्धको अभिव्यक्ति भएको भन्दै त्यसबाट कांग्रेसले आत्मसमीक्षा गरेर आफूलाई परिवर्तन गरेको दाबी गरे। “फागुन २१ को निर्वाचन जस्तै भदौ २३–२४ का घटना पनि अकस्मात थिए,” उनले भने, “देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भन्ने सन्देश त्यही आन्दोलनले दिएको हो। त्यसपछि अरू पार्टी बदलिए कि बदलिनन् थाहा भएन, तर कांग्रेस सोच बदलेर आएको छ।”

उनका अनुसार माघमा सम्पन्न अधिवेशनपछि आएको नेपाली कांग्रेस नै आजको सन्दर्भमा ‘नयाँ कांग्रेस’ हो।

साताकाे चर्चित
सम्बन्धित