रेकर्डपछि सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १८ हजार ८ सय रुपैयाँ घट्यो
रेकर्डपछि सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १८ हजार ८ सय रुपैयाँ घट्यो
    • बेल संचार

    • १८ माघ २०८२, आईतवार

काठमाडौं ।

लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेपाली बजारको सुनको मूल्य आइतबार एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि बिहीबार सुनको मूल्यमा असामान्य वृद्धि देखिएको थियो । बिहीबार मात्र सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको प्रभावका कारण सुनको मूल्यमा तीव्र परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित