काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी शाही लामो समयदेखि रास्वपाको जिल्ला तहमा सक्रिय रहँदै आएकी थिइन्। उनको कांग्रेस प्रवेशसँगै जुम्लाको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने आँकलन गरिएको छ।
कांग्रेस नेतृत्वले शाहीको आगमनले जिल्लामा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।