काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढ्दै ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदीको भाउ तोलामा २ सय ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरूको भनाइ छ।