भदौ आन्दोलनका ४२ सहिद परिवारलाई मासिक २१,८०० रुपैयाँ पेन्सन निकासा
भदौ आन्दोलनका ४२ सहिद परिवारलाई मासिक २१,८०० रुपैयाँ पेन्सन निकासा
    • बेल संचार

    • २१ माघ २०८२, बुधबार

काठमाडौँ ।

सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ जनाको परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँको दरमा पेन्सन निकासा गरेको छ।

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार, आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। जेलबाट भागेका व्यक्तिलाई बाहेक, तीन जना प्रहरी सहित बाँकीको परिवारलाई सहिद घोषणा गरिएको थियो।

प्रहरी बाहेक ४२ जनालाई मासिक पेन्सन दिइएको हो। आवश्यक रकम १० वर्षका लागि पुनर्निर्माण कोषबाट निकासा गरिएको छ। ‘उहाँहरूलाई मासिक २१,८०० रुपैयाँ र वर्षमा १३ महिनाका हिसाबले १० वर्षको लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ,’ रेग्मीले जानकारी दिए।

राहत रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो, तर मन्त्रालयको स्वीकृति बिना नै पुनर्निर्माण कोषबाट रकम निकासा गरिएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतका लागि कुनै पनि फाइल स्वीकृत नगरेको पुष्टि

साताकाे चर्चित
सम्बन्धित