जनकपुरबाट चुनावी सभाको सुरुवात, देशभर दौडाहा हुनेछन् थापा–शर्मा
जनकपुरबाट चुनावी सभाको सुरुवात, देशभर दौडाहा हुनेछन् थापा–शर्मा
    • बेल संचार

    • २१ माघ २०८२, बुधबार

काठमाडौँ ।

नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरबाट चुनावी सभाको सुरुवात गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनको लागि तयारी गरेको छ। पार्टीले पहिलोपटक केन्द्रीय कार्यसमितिबाट भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेको छ।

सहमहामन्त्री डा. डिला संग्रौलाका अनुसार, सभापति तथा भावी प्रधानमन्त्री उम्मेदवार गगनकुमार थापा र निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्मा चुनावी सभाका प्रमुख वक्ता हुनेछन्। उपसभापति शर्मा देशभरका ठूला सभामा पुग्ने र पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन भूमिका निभाउने तयारीमा छन्।

कांग्रेस केन्द्रीय कार्यालयले चुनावी सभाका तालिका र वक्ताको विवरण निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ। अरु वक्ता स्थान अनुसार फरक–फरक हुनेछन्।

सभापति थापा यस पटक सर्लाही–४ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। उनी पुरानो निर्वाचन क्षेत्र काठमाडौँ–४ छोडेर नयाँ क्षेत्र मधेस पुगेका हुन्। यस कारण थापाले अन्य स्थानका सभामा कति भाग लिन सक्ने, अझै सुनिश्चित नभएको कांग्रेसले जनाएको छ।

उपसभापति शर्मा भने निर्वाचन नलड्ने भए पनि प्रचारप्रसारमा देशभर सक्रिय रहने र पार्टीका उम्मेदवारलाई जिताउन योगदान दिनेछन्।

कांग्रेसले आयोगले तोकेको प्रचारप्रसार अवधिमा देशभर ठूला चुनावी सभा आयोजना गर्दै मुख्य वक्ता थापा–शर्मा उपस्थित हुनेगरी रणनीति तयार पारिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित