काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय डिकबहादुर राउत रहेका छन्, जो सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलमा सरसफाइको जिम्मेवारीमा थिए ।
विमानस्थल प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार, राउतलाई डस्टबिनमा रहेको फोहरबाट सुन निकाल्दै बाहिर लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले पोकोको स्क्रिनिङ गर्दा करिब ४.४ ग्राम सुन फेला परेको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, विमानस्थलमा सुरक्षा र निगरानीका दृष्टिले यस्तो घटनालाई गम्भीर रूपमा हेरिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।