अन्तरिम आदेशको बहस आज, रेशम चौधरीको रिट सर्वोच्चमा
अन्तरिम आदेशको बहस आज, रेशम चौधरीको रिट सर्वोच्चमा
    • बेल संचार

    • २५ माघ २०८२, आईतवार

काठमाडौँ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा रिटमाथि बहस भइरहेको हो।

यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। साथै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिइएको थियो।

माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले चौधरीसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दाको फैसलासम्बन्धी फाइल पूर्व आदेशअनुसार पेस गर्न आदेश दिएको थियो।

उक्त आदेशअनुसार मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका लागि आज पेसी तोकिएको हो।

चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। सोही निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

साताकाे चर्चित
सम्बन्धित