मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक: राष्ट्रिय आर्थिक गणना स्वीकृत, जाँचबुझ आयोगको म्याद २५ दिन थप
मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक: राष्ट्रिय आर्थिक गणना स्वीकृत, जाँचबुझ आयोगको म्याद २५ दिन थप
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौं।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका तीन प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका हुन्।

बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलनसम्बन्धी आदेश स्वीकृत गरेको छ। यससँगै देशव्यापी आर्थिक गतिविधिको यथार्थ विवरण संकलन गर्ने बाटो खुलेको सरकारको भनाइ छ।

यस्तै, आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त प्रतिवेदनमा सरकारका वार्षिक कार्यक्रम, उपलब्धि र वित्तीय अवस्थाको समग्र विवरण समेटिएको छ।

त्यसैगरी, भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको छ। आयोगलाई यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न थप समय प्रदान गरिएको सरकारको स्पष्टिकरण छ।

सरकारले यी निर्णय कार्यान्वयनमा लैजाने तयारीसमेत सुरु गरेको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित