तामाकोशीमा बस खस्यो : ६ जना घाइते, उद्धार जारी
तामाकोशीमा बस खस्यो : ६ जना घाइते, उद्धार जारी
    • बेल संचार

    • २७ माघ २०८२, मंगलवार

काठमाडौं ।

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटना मचानेटार क्षेत्रमा भएको हो। प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बसमा सवारमध्ये ६ जना घाइते अवस्थामा फेला परेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित