रामेछाप बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु, ८ घाइते, खोजी कार्य जारी
रामेछाप बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु, ८ घाइते, खोजी कार्य जारी
    • बेल संचार

    • २७ माघ २०८२, मंगलवार

रामेछापको मचानेटार नजिकै आज बिहान तामाकोशी नदीमा बस खसेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार, दुर्घटनामा परी हालसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ।

घटनास्थलमा ६ शव फेला परेका छन् भने ६ जनाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दुर्घटनामा परेर घाइते ८ मध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ।

बस काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगा पोकलीतर्फ जाँदै गरेको थियो। यात्रुहरूमध्ये ५ जनाले जडीबुटीबाट र ३ जनाले चाबहिलबाट टिकट काटेका थिए।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै नदीमा खोजी कार्य जारी राखेको छ। सडकबाट खसेको बस पूर्ण रूपमा डुबेको अवस्थामा फेला परेको छ।

साताकाे चर्चित
सम्बन्धित