टी–२० विश्वकप: इटलीविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै
टी–२० विश्वकप: इटलीविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै
    • बेल संचार

    • २९ माघ २०८२, बिहीबार

मुम्बई।

आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत दोस्रो खेलमा नेपालले इटलीविरुद्ध टस गुमाएको छ। इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको जिम्मा लिएको हो।

इटलीका नियमित कप्तान वायन म्याड्सेन चोटका कारण आजको खेलमा उपलब्ध छैनन्।

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ–११ मा परेका छन्।

पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली पनि स्कटल्यान्डसँग हारेको थियो। त्यसैले दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिएका छन्।

नेपालको प्लेइङ–११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने।

साताकाे चर्चित
सम्बन्धित