पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आइपुगे, विमानस्थल बाहिर राजावादी प्रदर्शन र ट्राफिक डाइभर्सन
पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आइपुगे, विमानस्थल बाहिर राजावादी प्रदर्शन र ट्राफिक डाइभर्सन
    • बेल संचार

    • १ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ ।

ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादी समूहहरूले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति तथा दुर्गा प्रसाईं नेतृत्वको समूहले स्वागत तथा प्रदर्शन कार्यक्रम सुरु गरेपछि विमानस्थल आसपासको ट्राफिक व्यवस्थापन परिवर्तन गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार सिनामंगलबाट विमानस्थलतर्फ जाने सवारीसाधनलाई डाइभर्सन गरिएको छ । गोल्डेनगेटतर्फ जाने गाडीहरूलाई सिनामंगल हुँदै भीमसेनगोलातर्फ मोडिएको छ ।

गौशालाबाट विमानस्थलतर्फ जाने यात्रुहरूलाई भने टिकट अनिवार्य जाँच गरी मात्र प्रवेश दिइएको छ । ‘जहाजको टिकट भएका यात्रुलाई मात्रै गौशालाबाट विमानस्थलतर्फ जान दिइएको छ,’ एसपी सुवेदीले जानकारी दिए । अन्य सवारीसाधनलाई गौशालाबाट रातोपुलतर्फ मोडिएको छ ।

विमानस्थल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित