काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) ले सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेशको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक हप्ते ग्राफिक्स डिजाइन सम्बन्धी तालिम प्रदान गरेको छ । गत माघ २५ गते देखि फागुन २ गते सम्म सञ्चालित ग्राफिक्स डिजाइन सम्बन्धी तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला सुआज्ञा भुजेलले यो ग्राफिक्स डिजाइन तालिम अति नै उपयोगी हुनुका साथै अति नै आवश्यक रहेको र यस महत्त्वपूर्ण तालिम सिक्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक संस्थालाई धन्यवाद दिनु भयो ।
साथै उहाँले यस तालिममा सिकेको यो ग्राफिक्स डिजाइन सम्बन्धी सीपलाई आफ्नो आवश्यकता अनुसार सही सदुपयोग गर्ने बताउनु भयो । त्यसै गरी अर्का सहभागी वीरेमान वि.क.ले यो ७ दिने ग्राफिक्स डिजाइन तालिमबाट आफ्नो व्यक्तित्व विकास गर्न सकिने भन्दै तालिममा सिकेको सीपलाई उपयोग गर्ने भन्दै यस्ता तालिमहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि अति नै उपयोगी भएको र आगामी दिनमा १ महिने तालिमका समय अवधि राख्न सके अझै धेरै कुराहरूको ज्ञान हुने बताउनु भयो ।
सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र काठमाडौँ (CIL Kathmandu) का अध्यक्ष टेकबहादुर गुरुङले यस तालिममा सिकेका सीप तथा ज्ञानहरूलाई आफ्नो व्यक्तिगत तथा कार्यालयमा पनि सही उपयोग गर्न आग्रह गर्नु भयो ।
साथै उहाँले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको प्रविधिमा पहुँच पुर्या उनका लागि लामो अवधिका तालिमहरू सञ्चालन गरिने भन्दै सबै सहभागीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नु । एक हप्ते ग्राफिक्स डिजाइन सम्बन्धी तालिममा प्रविधिका विभिन्न APP हरूको सही उपयोग गरी ब्यानर, लोगो, फोटो डिजाइन, सामाजिक सञ्जाल, युट्युबहरूको थमेल डिजाइन, Visiting Card, प्रमाणपत्र डिजाइन, लेड हेट, Ai बाट फोटो, भिडियो फोटो बनाउने डिजाइन, प्रस्तुतीकरणको डिजाइन लगायतका धेरै भन्दा धेरै उपयोगी सीपहरू सिकाइएको थियो । सो एक हप्ते तालिममा शारीरिक अपाङ्गता भएका महिला र पुरुष गरी १५ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।