निर्वाचनपछि बलियो सरकार बनाउने दाबी, सुकुम्वासी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता
निर्वाचनपछि बलियो सरकार बनाउने दाबी, सुकुम्वासी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता
    • बेल संचार

    • ४ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार गठन गरी जनताका समस्या समाधान गर्ने बताएका छन्।

सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँग गरिएको अन्तरक्रियामा उनले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको दाबी गरे। “अबको निर्वाचनपछि स्थिर र परिणाममुखी सरकार बन्छ,” उनले भने, “हामी जनताले अपेक्षा गरेका काम पूरा गर्नेछौँ।”

लामिछानेले यसअघि सरकारमा सहभागी हुँदा जनताको समस्या समाधान गर्न प्रयास गरे पनि विभिन्न कारणले अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको स्वीकार गरे। आगामी कार्यकालमा भने ठोस परिणाम दिने गरी काम गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा स्थानीयवासीले सुकुम्वासी समस्या समाधानका लागि विगतमा पटक–पटक आश्वासन पाए पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए। त्यसको जवाफमा लामिछानेले सुकुम्वासी समस्यालाई आयोग गठनमार्फत दीर्घकालीन रूपमा समाधान गर्ने बताए।

उनले नीति, योजना र कार्यान्वयनलाई एकसाथ अघि बढाएर नागरिकका आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याए।

साताकाे चर्चित
सम्बन्धित