कोरियाली राजदूत चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा सहभागी
कोरियाली राजदूत चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा सहभागी
    • बेल संचार

    • ५ फाल्गुन २०८२, मंगलवार

काठमार्डौ

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ, यहि फेब्रुअरी १६ तारिख (सोमबार) २०२६ मा काठमाडौंमा आयोजित चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ उद्घाटन समारोहमा सहभागी भए। राजदूत पार्कले आफ्नो धारणा व्यक्त गर्दै च्याम्पियनसिप आयोजनाले अन्तर्राष्ट्रिय जगतमा मित्रता प्रगाढ गर्ने अवसर प्रदान गर्नुका साथ साथै खेलकुद क्षेत्रमा प्रतीकको रूपमा स्थापित हुने धारणा व्यक्त गरे।

विश्वव्यापी खेलको रुपमा परिणत भएको कोरियाको परम्परागत मार्शल आर्ट, तेक्वान्दो खेलले, अनुशासन र एकताको प्रतिकको परिचय बनाएको छ। उनले द्विपक्षीय खेलकुद र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्दै विश्वव्यापी रूपमा अनुशासन, सम्मान र धैर्यतालाई प्रवर्द्धनमा तेक्वान्दोको भूमिकामाथि प्रकाश पारे।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ कार्यक्रम फेब्रुअरी १६ देखि २०, २०२६ सम्म काठमाडौंको त्रिपुरेश्वर रंगशालास्थित कभर्ड हलमा आयोजना भैरहेको छ। यस अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा २३ देशका खेलाडीहरूको सहभागिता रहेको छ।

कुल १,२०० खेलाडीहरू (सिनियर खेलाडी पुम्से १०० जना, ख्यरुगी २४७ जना, जुनियर ख्यरुगी ६५३ जना र जुनियर पुम्सेमा २०० जना) ले आफ्नो क्षमता प्रश्तुत गर्ने छन्। सहभागी राष्ट्रहरूमा भारत, जापान, सिंगापुर, थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशहरू समावेश रहेका छन्। दक्षिण कोरियाली दूतावासले तेक्वान्दोमा केन्द्रित हुँदै द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र सामाजिक विकासलाई प्रवर्द्धन गर्न खेलकुद आदानप्रदान कार्यक्रमहरूलाई सक्रिय रूपमा सहयोग गर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित