प्रधानमन्त्री कार्की: शिक्षा केवल प्रमाणपत्र होइन, सीप र प्रतिस्पर्धी क्षमता उत्पादनको माध्यम हुनुपर्छ
प्रधानमन्त्री कार्की: शिक्षा केवल प्रमाणपत्र होइन, सीप र प्रतिस्पर्धी क्षमता उत्पादनको माध्यम हुनुपर्छ
    • बेल संचार

    • ८ फाल्गुन २०८२, शुक्रबार

पोखरा ।

सुशीला कार्की ले पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै शिक्षालाई केवल औपचारिक प्रमाणपत्रमा सीमित नराख्ने आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्छ।” उनले नवीन प्रविधि, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलाप र विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्रसँग जोड्ने आवश्यकता औँल्याइन्।

कार्कीका अनुसार, अध्ययन पूरा भएपछिका प्रमाणपत्र केवल रोजगारीको आधार नभई सामाजिक चुनौती पहिचान र दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको सूचक पनि हुनुपर्छ। उनले विद्यार्थी र विश्वविद्यालय दुवैलाई विश्व बजारको प्रतिस्पर्धा र तीव्र विश्व परिवेशसँग अनुकूल हुन केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

साताकाे चर्चित
सम्बन्धित