रोल्पामा जिप दुर्घटना : २४ वर्षीया युवतीको मृत्यु, १० जना घाइते
रोल्पामा जिप दुर्घटना : २४ वर्षीया युवतीको मृत्यु, १० जना घाइते
    • बेल संचार

    • १२ फाल्गुन २०८२, मंगलवार

रोल्पा ।

दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–बागमारातर्फ जाँदै गरेको जिप मंगलबार बिहान दुर्घटनामा परेको छ। रुन्टीगढी गाउँपालिका–५ खुम्बास क्षेत्रमा सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा परिवर्तन गाउँपालिका–६ निवासी २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको छ।

लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित