आमा तिमी धरतीजस्ताे विशाल
तिम्रो माया सागरजस्ताे बहाल ।
थाकेर फर्किदा तिम्रो मुस्कान
हसाउँछ मेराे सारा त्राणा । ।
भाेक लाग्दा तिम्रो हातकाे भात
जुन स्वाद संसारमै अपराजित बात ।
रुन दाेज्दा तिम्रो काखकाे शान्ति
त्याे नै त हाे जीवनका कान्ति ।।
तिम्रो आशिर्वाद हाे मेराे साहस
तिम्रो बाेलीमा बस्छ आकाश ।
आमा तिमी विना याे मन खाक्राे ,
तिमी नै जीवन तिमी नै म ढाेक्का ।।
जुम्लाकाे हिमा गाउँपालिका – ३ स्थित माेफ्ला गाउँमा जन्मनु भएका सुरेन्द्र बुढाले आमा भित्रका लुकेर रहेका पीडा र संसारमा आमाकाे महत्त्व झल्कने भावना कविताबाट व्यक्त गर्नु भएको छ ।