काठमाडौँ।
पुष्पकमल दाहालले चितवन–३ मा रेनु दाहाललाई जिताउन कुनै पहल नगरेको स्पष्ट पारेका छन्।
बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले रेनुको पक्षमा कुनै वक्तव्य जारी नगरेको र तालमेलका लागि पहलसमेत नगरेको बताए।
रेनु दाहालले विगत नौ वर्षदेखि गरेको मेहनतका आधारमा चुनाव जित्नुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले त्यसो नभए आफू र रेनुमाथि अन्याय हुने जस्तो लाग्ने बताए। साथै, आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको उनको भनाइ छ।