वाइवाइ फ्याक्ट्री र हेटौँडा सिमेन्टसँग नेपालको तुलना गर्दै बालेनको कटाक्ष
वाइवाइ फ्याक्ट्री र हेटौँडा सिमेन्टसँग नेपालको तुलना गर्दै बालेनको कटाक्ष
    • बेल संचार

    • १५ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ ।

बालेन्द्र शाह (बालेन) ले नेपाललाई व्यवस्थित र उत्पादनमुखी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन्। शुक्रबार चितवनमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले “नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ” भन्ने अभिव्यक्ति दिएका हुन्।

चुनावी प्रचारका क्रममा देशका विभिन्न जिल्ला घुम्दा अधिकांश स्थानमा समस्या उस्तै प्रकृतिका पाइएको उनले बताए। निर्वाचनपछि बन्ने सरकारले ती समस्याको ठोस समाधान दिनुपर्ने उनको भनाइ थियो।

देशको अवस्था हेटौँडा सिमेन्ट उद्योग सँग तुलना गर्दै उनले स्रोत–साधन हुँदाहुँदै पनि व्यवस्थापन अभावका कारण अपेक्षित रूपमा सञ्चालन हुन नसकेको टिप्पणी गरे। “सबै सामग्री छन्, तर चल्दैन। चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,” उनले भने।

चितवन पर्यटनको सम्भावनाले भरिपूर्ण जिल्ला भएकाले देशलाई पर्यटन विकासको पाठ सिकाउन सक्ने उनको धारणा थियो।

सभाका क्रममा समर्थकहरूको उत्साहपूर्ण होहल्लाबीच उनले हल्का ठट्टा गर्दै, “आइ लभ यू, बोल्नै दिँदैनन् यार,” भन्दै सम्बोधन अघि बढाएका थिए।

साताकाे चर्चित
सम्बन्धित