प्रतिनिधिसभा निर्वाचन तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन तयारी पूरा
    • बेल संचार

    • १८ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा कर्मचारी खटनपटनको काम सम्पन्न भएको छ। निर्वाचन आयोगले मतदानलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सबै तयारी पूरा भएको जनाएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी का अनुसार मतदान अधिकृतहरू आ–आफ्नो मतदान केन्द्र र स्थलमा पुगिसकेका छन्। मतदान प्रक्रियाका लागि आवश्यक सम्पूर्ण सामग्री समेत सम्बन्धित स्थानमा पुर्‍याइसकिएको उनले जानकारी दिए।

आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसार अवधि तोकेको थियो। निर्धारित समय सकिएसँगै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मतदान प्रक्रिया सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।

साताकाे चर्चित
सम्बन्धित