चुनावअघि सेयर बजारमा उछाल, नेप्से २७१२ अंकमा
चुनावअघि सेयर बजारमा उछाल, नेप्से २७१२ अंकमा
    • बेल संचार

    • १९ फाल्गुन २०८२, मंगलवार

काठमाडौं।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा उत्साह देखिएको छ। मंगलबार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.५२ अंकले उकालो लाग्दै २७१२ अंकमा पुगेको छ। अब बजार निर्वाचनपछि सोमबारदेखि मात्रै खुल्नेछ।

फागुन १० यता बजारमा निरन्तर सुधार देखिएको छ। सो दिन २६१४ अंकमा रहेको नेप्से करिब ९८ अंकले बढेको हो। कारोबार रकम पनि बढेर ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ५ अर्ब ६४ करोडको तुलनामा उच्च हो।

व्यापार समूहबाहेक अन्य सबै सूचक सकारात्मक रहे। बैंकिङ १.६४%, विकास बैंक १.५९%, फाइनान्स १.४३%, होटल तथा पर्यटन १.६०%, हाइड्रोपावर २.१३%, लगानी १.५२%, जीवन बीमा १.०५%, उत्पादन तथा प्रशोधन १.४९%, माइक्रोफाइनान्स १.६६%, निर्जीवन बीमा १.११% र अन्य समूह १.०३% ले बढेका छन्। व्यापार समूह भने ०.८४% ले घटेको छ।

कम्पनीगत रूपमा साल्पा विकास बैंकको सेयर मूल्य १०% ले वृद्धि भयो। त्यस्तै पन्चकन्य माइ हाइड्रोपावर ९.८९%, रिलायन्स स्पिनिङ मिल्स ९.८२%, मोलुङ हाइड्रोपावर ६.१८% र लक्ष्मी लघुवित्त ६.०९% ले उकालो लागे।

यसदिन शुभम् पावरको सेयर मूल्य २.५३% ले घटेको छ। कारोबारका हिसाबले आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स र ङादी ग्रुप अगाडि रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित