कतारको निर्णय : सबै इन्ट्री भिसा एक महिनाका लागि स्वतः थपिने
कतारको निर्णय : सबै इन्ट्री भिसा एक महिनाका लागि स्वतः थपिने
    • बेल संचार

    • १९ फाल्गुन २०८२, मंगलवार

काठमाडौं।

कतार सरकारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने निर्णय गरेको छ। कतारको आन्तरिक मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत २८ फेब्रुअरीदेखि लागू हुने गरी म्याद सकिएका वा सकिन लागेका सबै प्रवेश भिसा एक महिनाका लागि थप गरिने जनाएको हो।

मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वतः गरिनेछ। यस प्रक्रियाका लागि सेवाग्राहीले कुनै शुल्क तिर्नु नपर्ने, कार्यालय धाउन नपर्ने वा थप निवेदन दिनु नपर्ने स्पष्ट पारिएको छ।

यद्यपि, २८ फेब्रुअरीभन्दा अगाडि भिसा अवधि नाघेका (ओभरस्टे) व्यक्तिहरूले भने तोकिएको जरिवाना पहिले तिर्नुपर्नेछ। जरिवाना बुझाएपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी भिसा नवीकरण र शुल्क छुटको सुविधा प्रदान गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित