निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने, मध्यपूर्वतर्फका उडान अनिश्चित
निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने, मध्यपूर्वतर्फका उडान अनिश्चित
    • बेल संचार

    • २० फाल्गुन २०८२, बुधबार

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई सेवा पूर्ण रूपमा बन्द नहुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ले आवश्यकताका आधारमा देशभर आन्तरिक उडान सञ्चालन हुने जनाएको छ।

प्राधिकरणका अनुसार मतदानको दिन अत्यावश्यक सेवा, कर्मचारी आवागमन तथा अन्य जरुरी प्रयोजनलाई ध्यानमा राख्दै आन्तरिक उडानहरू सञ्चालनमा रहनेछन्।

अन्तरराष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य देशतर्फका उडानहरू नियमित तालिकाअनुसार हुने स्पष्ट पारिएको छ। मध्यपूर्वतर्फका उडान भने सम्बन्धित देशको निर्णय, गन्तव्य विमानस्थलको अवस्था तथा वायुसेवा कम्पनीहरूले सार्वजनिक गर्ने संशोधित तालिकाका आधारमा मात्र सञ्चालन हुने जनाइएको छ।

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण ती गन्तव्यमा हुने अधिकांश उडान हालका लागि स्थगित हुँदै आएका छन्। यात्रुहरूलाई यात्रा अघि सम्बन्धित वायुसेवा कम्पनीसँग अद्यावधिक जानकारी लिन प्राधिकरणले आग्रह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित