पोखरा ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङमा अहिले सम्म करिब ४९.३५ प्रतिशत मत खसेको छ।
दिउँसो १ः१५ बजेसम्म ५,५९१ मतदाता मतदानमा सहभागी भएका छन्, निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए।
अहिलेसम्म पुरुष २,८१७, महिला २,७७३ र एक जना अन्य मतदाताले आफ्नो मत प्रयोग गरिसकेका छन्।
मतदान शान्तिपूर्ण र नियमित रूपमा भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।