जुम्लामा ५३.९९ प्रतिशत मतदान, सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
जुम्लामा ५३.९९ प्रतिशत मतदान, सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
    • बेल संचार

    • २१ फाल्गुन २०८२, बिहीबार

जुम्ला ।

जुम्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल ५३.९९ प्रतिशत मतदान भएको छ।

जिल्लामा रहेका ७१ हजार ७३९ मतदातामध्ये ३९ हजार १ सय १२ जनाले मतदान गरेका हुन्। मतदान गर्नेमा २० हजार ४५ महिला र १९ हजार ६७ पुरुष मतदाता रहेका छन्।

जुम्लाका ११० वटै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित