काठमाडौं ।
बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
सुनारले कुल २९ हजार ५५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै बाँके–३ मा रास्वपाले जित हात पारेको छ।