सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी : गगन थापालाई पराजित गर्दै ह्याट्रिक
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी : गगन थापालाई पराजित गर्दै ह्याट्रिक
    • बेल संचार

    • २४ फाल्गुन २०८२, आईतवार

काठमाडौं ।

सर्लाही क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।

यस जितसँगै सिंहले लगातार तेस्रो पटक निर्वाचन जित्दै ह्याट्रिक पूरा गरेका छन्। उता कांग्रेस नेता थापाका लागि भने यो पहिलो चुनावी हार बनेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थापाले त्यसपछि काठमाडौं–४ बाट लगातार तीन पटक चुनाव जितेका थिए। यसपटक भने मधेशको सर्लाही–४ बाट चुनाव लडेका उनी पराजित भएका हुन्।

साताकाे चर्चित
सम्बन्धित