कैलाली २ मा रास्वपाका केपी खनाल विजयी, ७ हजारभन्दा बढी मतान्तर
कैलाली २ मा रास्वपाका केपी खनाल विजयी, ७ हजारभन्दा बढी मतान्तर
    • बेल संचार

    • २४ फाल्गुन २०८२, आईतवार

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा केपी खनाल विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनले निकटतम प्रतिस्पर्धी पतिराम चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे।

यसैगरी नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन्।

यसअघि कैलालीका अन्य क्षेत्रहरूमा पनि रास्वपाले उल्लेख्य सफलता हासिल गरेको छ। कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–३ बाट जगतप्रसाद जोशी तथा कैलाली–४ र ५ बाट क्रमशः खेमराज कोइरालाआनन्दबहादुर चन्द विजयी भएका छन्।

साताकाे चर्चित
सम्बन्धित