गोरखा १ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता
गोरखा १ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता
    • बेल संचार

    • २५ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले उल्लेखनीय अग्रता कायम गरेका छन्। पछिल्लो मतगणनाअनुसार उनी आफ्ना प्रतिस्पर्धीभन्दा धेरै मतले अघि छन्।

सोमबार बिहान १०ः२० बजेसम्मको अद्यावधिक मतपरिणामअनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत ल्याएका छन्।

त्यस्तै नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत प्राप्त गरेका छन्।

हालसम्मको मतपरिणामले गोरखा–१ मा रास्वपाका गुरुङको जिततर्फको सम्भावना बलियो देखिएको छ भने मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित