काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ५७५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटबढ हुने गरेको व्यवसायीहरू बताउँछन्।