दाङमा प्रतिनिधिसभा निर्वाचनमा १० हजार बढी मत बदर
दाङमा प्रतिनिधिसभा निर्वाचनमा १० हजार बढी मत बदर
    • बेल संचार

    • २५ फाल्गुन २०८२, सोमबार

दाङ ।

दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा करिब १० हजार बढी मत बदर भएका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा २ लाख ५१ हजार ३६८ मत खसेको थियो। यसमा १० हजार ६९८ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर मत प्रतिशत ४.२५ रहेको छ। जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नम्बर–१ मा बदर भएको छ। यहाँ ८० हजार ४४६ मत खसेकामा ४ हजार ५७ मत बदर भएका छन्। क्षेत्र नम्बर–३ मा ८८ हजार ६१७ मत खसेकामा ३ हजार ७७६ मत र क्षेत्र नम्बर–२ मा ८२ हजार ३०५ मत खसेकामा २ हजार ८६५ मत बदर भएका छन्।

यद्यपि, विगतका निर्वाचनको तुलना गर्दा यसपटक बदर मत घटेको देखिएको छ। २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेको बेला १४ हजार ७०९ मत बदर भएका थिए, जुन ५.९२ प्रतिशत थियो।

कुँवरका अनुसार विगतमा गठबन्धन दलबीच चुनाव हुने भएकाले चुनाव चिह्नमा समस्या हुन्थ्यो, जसले बदर मत बढाउने काम गर्थ्यो। तर यसपटक त्यस्तो समस्या नभएकाले बदर मत केही घटेको हुन सक्ने उल्लेख गरे।

साताकाे चर्चित
सम्बन्धित