समानुपातिक मतगणना सम्पन्न, अब सिट बाँडफाँड प्रक्रिया सुरु
समानुपातिक मतगणना सम्पन्न, अब सिट बाँडफाँड प्रक्रिया सुरु
    • बेल संचार

    • २७ फाल्गुन २०८२, बुधबार

काठमाडौं । 

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अब दलहरूले पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने प्रक्रिया अघि बढाइनेछ।

उनका अनुसार प्रत्येक दलले प्राप्त गरेको सदर मतको आधारमा समानुपातिक सिट निर्धारण गरिनेछ। सिट निर्धारण भएपछि सम्बन्धित राजनीतिक दलहरूलाई तीन दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्न पत्र पठाइनेछ।

दलहरूले पठाएको सिफारिस आयोगले पुनः जाँच गरी आवश्यक प्रक्रिया पूरा गरेपछि अन्तिम निर्णय लिनेछ। त्यसपछि निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।

साताकाे चर्चित
सम्बन्धित